काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रुपैयाँसहित भारत आन्ध्र प्रदेश प्रकासम घर भएका ५९ वर्षीय भिम सिर्निभस लाई प्रहरीले पक्राउ गरेको होर

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो।

यस्तै, रसुवा, गोसाईकुण्ड गाउँपालिका ६ धुन्चे बजारबाट स्रोत नखुलेको नगद १९ लाख ५२ हजारभन्दा बढी नगदसहित सोही गाउँपालिका ३ का ३६ वर्षीय मिङमार छिरिङ गुरूङलाई पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरीले स्याफ्रुबेँशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमोमा सवार उनलाई नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया