एशियाली खेलकुद छनोटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै
काठमाण्डौ - एशियाली खेलकुद क्रिकेट छनोट अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ ।
सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।
समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्न लागेको हो । नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले पहिलो खेलमा चीनलाई २२१ रनले तथा दोस्...









