विभागद्वारा ८ फर्ममा स्थलगत अनुगमन, बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार जरिवाना
काठमाडौं। स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राजश्री खाद्य स्टोरलाई जरिवाना गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिलबिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई पाँच हजार जरिवाना गरेको हो। विभागले कुल आठ वटा फर्ममा स्थलगत अनुमगन गरेको थियो। त्यसमध्ये सात वटालाई सुधारात्मक निर्देशन दिएको छ।
विभागले उ...









