उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे
काठमाण्डाै – उदयपुरमा सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरू दुई जना घाइते भएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर ७ होक्सेमा पर्ने मदन भण्डारी लोकमार्गमा ट्र्याक्टर ओरालोमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टरमा सवार त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र २६ वर्षीया आशा सदाको...

दोस्रो आर्थिक गणना आउँदो चैतदेखि असारसम्म हुने

दोस्रो आर्थिक गणना आउँदो चैतदेखि असारसम्म हुने
काठमाण्डाै – राष्ट्रिय तथ्याङ्क कार्यालयले आउँदो चैत १ गतेदेखि दोस्रो आर्थिक गणना शुरू गर्ने भएको छ । कार्यालयले आज गणनाको तालिका, लोगो र नारा सार्वजनिक गरेको हो । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित हुने आर्थिक गणना असार मसान्तसम्म चल्नेछ । २०७५ सालको वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो । दोस्रो आर्थिक गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण समावेश गरि...

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
देवदह (रूपन्देही) / आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त अवधिमा ५ अर्ब ३६ करोड ८३ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१.१ अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो । कार्यालयले गत आवको सोही अवधिमा ४ अर्ब ५१ करोड आठ लाख ४७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधि...

महसुल नतिर्ने २४९ उपभोक्ताको लाइन काटियो ३ करोड ४६ लाखभन्दा बढी बक्यौता उठाउन विद्युत प्राधिकरणको कडाइ

महसुल नतिर्ने २४९ उपभोक्ताको लाइन काटियो ३ करोड ४६ लाखभन्दा बढी बक्यौता उठाउन विद्युत प्राधिकरणको कडाइ
विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयभित्र विद्युत महसुल नबुझाउने उपभोक्ताविरुद्ध कडा कारबाही सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म महसुल नतिर्ने २४९ जना उपभोक्ताको विद्युत लाइन काटिएको प्राधिकरणले जनाएको छ। विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार उक्त अवधिसम्म उपभोक्ताबाट उठ्न बाँकी विद्युत महसुल ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ...

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सद्वारा बुढीगंगाका विद्यार्थीलाई न्यानो पोशाक वितरण

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सद्वारा बुढीगंगाका विद्यार्थीलाई न्यानो पोशाक वितरण
विराटनगर / लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बुढीगंगा गाउँपालिका–२ स्थित मधुग्राम देवता आधारभूत विद्यालयमा कक्षा ६ र ७ मा अध्ययनरत ४० जना विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको छ। कार्यक्रम बुढीगंगा गाउँपालिकाका उपप्रमुख अमृता कुमारी गच्छदारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा बुढीगंगा गा.पा. वडा नं २ का ...

अब हात हल्लाएर गाडी रोक्नुपर्दैन, ‘बीकेई’ सार्वजनिक

अब हात हल्लाएर गाडी रोक्नुपर्दैन, ‘बीकेई’ सार्वजनिक
विराटनगर — विराट ट्रेड एक्स्पोको अवसर पारेर इक्विटी डेभलपर्सको परियोजना विराट कोशी इलेक्ट्रिक यातायात (बीकेई) औपचारिक रूपमा सार्वजनिक गरिएको छ। कोशी प्रदेशकै पहिलो डिजिटल तथा विद्युतीय सार्वजनिक यातायात प्रणालीका रूपमा बीकेई सुरु गरिएको हो। दैनिक सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुले भोग्दै आएका भीडभाड, ट्राफिक जाम, सिट नपाइने, सेवा ढिलाइ, अनियमित भाडादर तथा यात्रु सुरक्षासम्बन्धी समस्या सम...

इलामका सडक पुन:निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

इलामका सडक पुन:निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति
काठमाडौँ, पुस १४ गते । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत सहमति दिएको छ। क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको छ । क्षति भएका मेची राजमार्ग, माईखोला पुल राजदुवाली, मा...

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताए । उनले जाडोमा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर...

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैँची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१/०८२ को सोही अवध...

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट मानबहादुर घाइते

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट मानबहादुर घाइते
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा जंगली हात्तीको आक्रमणबाट शुक्रबार साँझ १ जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–५ का ५० वर्षीय मानबहादुर राई घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा–६ स्थित लाटी झोडा सामुदायिक वननजिक बाटोमा हिँडिरहेका बेला मानबहादुरलाई हात्तीले साँझ ७ः४५ बजेतिर आक्रमण गरेको थियो । आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचा...