आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
देवदह (रूपन्देही) / आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त अवधिमा ५ अर्ब ३६ करोड ८३ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१.१ अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो ।
कार्यालयले गत आवको सोही अवधिमा ४ अर्ब ५१ करोड आठ लाख ४७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधि...









