इलामका सडक पुन:निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति
काठमाडौँ, पुस १४ गते । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत सहमति दिएको छ।
क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको छ ।
क्षति भएका मेची राजमार्ग, माईखोला पुल राजदुवाली, मा...









