कार्गो रेल सेवाबाट दुवै राष्ट्रले फाइदा लिनुपर्नेमा जोड

कार्गो रेल सेवाबाट दुवै राष्ट्रले फाइदा लिनुपर्नेमा जोड
विराटनगर- कोलकाताको बन्दरगाहबाट पहिलोपटक कार्गो रेल विराटनगर आएसँगै दुवै राष्ट्रका उद्योगी तथा प्रतिनिधिहरूबीच छलफल भएको छ। विराटनगर-१८ स्थित एकीकृत जाँच चौकी (आइसीपी) मा आयोजित कार्गो रेल सेवाको औपचारिक उद्घाटनका क्रममा यो छलफल भएको हो। कार्यक्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले कार्गो रेलको औपचारिक सुरुवातसँगै पूर्वी क्षेत्रका उद्योग तथा कलकारखानाको उत्पादनमा वृद्धि हुने ...

पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना

पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना
काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् । सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार, सर्पदंश आठ, आगलागी सात, बाढी छ, पहिरो १७, अविरल बर्षा १०, चट्याङ र जनावर आक्र...

भैरहवा भन्सारबाट एक खर्ब पाँच अर्ब राजस्व सङ्कलन

भैरहवा भन्सारबाट एक खर्ब पाँच अर्ब राजस्व सङ्कलन
भैरहवा, साउन ४ गते । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक खर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । भैरहवा भन्सार कार्यालयलाई तोकिएको एक खर्ब १३ अर्ब ६७ करोड रुपियाँ वार्षिक लक्ष्यको ९२.४ प्रतिशत अर्थात् एक खर्ब पाँच अर्ब दुई करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । लक्ष्य शतप्रतिशत पूरा नभए पनि प्रतिकूल अवस्था र नाकामा देखिएका संरचनागत समस्याका बिच हासिल भएको यो उपलब्धिलाई भन्सा...

राष्ट्रिय विपदमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

राष्ट्रिय विपदमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीअन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेलि, ड्रोन र र्‍याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने तयारी गरेको छ। विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्वारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्वसम्झौताबमोजिम हेलि, ड्रोन र र्‍याफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागको हो। जल तथा मौसम विज...

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद
भद्रपुर (झापा)- जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा रु पाँच करोड बढीका अवैध सामान बरामद गर्दै तस्करी तथा अवैध उत्खनन नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आवमा जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेका रु पाँच करोड नौ लाख नौ हजार ३२१ बराबरका अवैध सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका स...

इंग्ल्यान्ड र फ्रान्सको खेलमा गोलको बर्षा, एउटै खेलमा १० गाेलकाे रेकर्ड

इंग्ल्यान्ड र फ्रान्सको खेलमा गोलको बर्षा, एउटै खेलमा १० गाेलकाे रेकर्ड
काठमाडौं, ३ साउन । इंग्ल्यान्ड अन्ततः फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।    भर्खरै सम्पन्न खेलमा फ्रान्सलाई ६–४ गोलले हराउँदै इंग्ल्यान्ड तेस्रो स्थान हासिल गर्न सफल भएको हो।   अचम्म लाग्दो तरिकाले गोलको भारी बर्षा भएको इंग्ल्यान्डले पहिलो हाफमा नै ४ गोलको अग्रता लिन सफल भएको थियो, जसको सुरूवात इंग्ल्यान्डका डेक्लान राइसले खेलको तेस्रो मिनेटवाट सुरूवात गरेका थिए ।...

भन्सारको सेटिङमा तस्करी ? जाँचपास भइसकेको ट्रकबाट २७ प्रकारका ‘गायब’ सामान फेला

भन्सारको सेटिङमा तस्करी ? जाँचपास भइसकेको ट्रकबाट २७ प्रकारका ‘गायब’ सामान फेला
विराटनगर । विराटनगर भन्सार कार्यालयबाट विधिवत् जाँचपास भएर बाहिरिएको भारतीय मालवाहक ट्रकलाई सशस्त्र प्रहरीले पुनः नियन्त्रणमा लिएपछि भन्सार प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। भन्सारले पास गरिसकेको ट्रकभित्र प्रज्ञापनपत्रमा उल्लेखै नभएका २७ प्रकारका सामान भेटिएपछि ‘सेटिङ’ मार्फत सामान छिराउने खेल भएको आशंका बलियो बनेको छ। साउन ३ गते भारतीय नम्बर बीआर ०१६ ए ३३४७ को ट्रक विराटनगर भन्...

आजदेखि लागू नयाँ कर व्यवस्था : शिक्षा, स्वास्थ्य, बिजुलीलगायत सेवामा बढ्यो कर, कुनमा कति?

आजदेखि लागू नयाँ कर व्यवस्था : शिक्षा, स्वास्थ्य, बिजुलीलगायत सेवामा बढ्यो कर, कुनमा कति?
काठमाडौँ : सरकारले आर्थिक वर्ष २०८३–०८४ को बजेटअनुसार १ साउन (आज)देखि विभिन्न कर तथा राजस्वसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार व्यक्तिगत आयकरमा केही राहत दिइएको छ भने चुरोट, सुर्तीजन्य पदार्थ, मदिरा तथा केही विलासिताका वस्तुमा कर बढाइएको छ। उद्योगलाई प्रतिस्पर्धी बनाउन २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने ३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाइएको छ। सरकारले...

पाँचथरमा बस्ती जोगाउन तीन करोड लागतमा तटबन्ध निर्माण

पाँचथरमा बस्ती जोगाउन तीन करोड लागतमा तटबन्ध निर्माण
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ । सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो । हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर लामो तटबन्ध निर्माण गरिएको आयोजना कार्यालयका प्राविधिक दिन...

चीनबाट थुलुङ दुधकोशीलाई रु. २ करोड १७ लाखका स्काभेटर र रोलर अनुदान

चीनबाट थुलुङ दुधकोशीलाई रु. २ करोड १७ लाखका स्काभेटर र रोलर अनुदान
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले चीनको डिङ्ग्री राज्यबाट रु. २ करोड १७ लाख बराबरका एक स्काभेटर र एक रोलर अनुदानस्वरूप प्राप्त गरेको छ। सोमबार तातोपानीस्थित नेपाल–चीन सीमा क्षेत्रमा आयोजित हस्तान्तरण कार्यक्रममा चीनका सहायक गभर्नर ल्थष् न्गष् ले थुलुङ दुधकोशी गाउँपालिकासँगको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धत...