नेप्से परिसूचकमा ४५ अङ्कको सुधार
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अङ्कले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो।
आज ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रश...









