काठमाडौं। एभरेष्ट कलरले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत जेठ २२ देखि २७ सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको थियो।

२६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयरका लागि आवेदन परेको थियो। यसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। ६५ हजार ५७० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

तपाईको प्रतिक्रिया