चुरोटमा १० प्रतिशतले अन्तःशुल्क बढ्यो, माइक्रो ब्रुअरीलाई अन्तःशुल्कको दायरमा ल्याउने

चुरोटमा १० प्रतिशतले अन्तःशुल्क बढ्यो, माइक्रो ब्रुअरीलाई अन्तःशुल्कको दायरमा ल्याउने
काठमाडौं। सरकारले चुरोटमा १० प्रतिशतले अन्तःशुल्क बढाएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले माइक्रो ब्रुअरीलाई अन्तःशुल्कको दायरमा ल्याउने घोषणा गरेका हुन्।

कर्मचारीकाे तलब बढ्याे

कर्मचारीकाे तलब बढ्याे
काठमाण्डाै – सरकारले कर्मचारीकाे तलब २१ प्रतिशतले बढेकाे घाेषणा गरेकाे छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदाे आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै शुरू तलब स्केलमा १० प्रतिशत, प्राेत्साहन भत्ता १० प्रतिशत र महँगी भत्तालाई निरन्तरता दिने घाेषणा गर्नुभएकाे हाे । अर्थमन्त्री वाग्लेका अनुसार बजेट भाषणमार्फत न्यूनतम तलब ४० हजारदेखि अधिकतम तलब १ लाख रुपैयाँभन्दा धेरै कायम भएकाे छ । विगत चार वर्षदे...

सडक बालबालिकामुक्त मुलुकको घोषणा हुने

सडक बालबालिकामुक्त मुलुकको घोषणा हुने
काठमाडौं । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजकेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ बताए । यसअघि सरकारको नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ ।

सरकारले ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने

सरकारले ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने
काठमाण्डौ – सरकारले आगामी ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ । आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३ वर्षमा ६५ प्रतिशत नागरिक र ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित र स्वच्छ पानेपानी सेवा उपलब्ध गराउने बताउनुभयो । आगामी ५ वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट २४ सै घण्टा स्वच्छ पिउने पा...

तीन वर्षमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमा समेट्ने घोषणा

तीन वर्षमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमा समेट्ने घोषणा
काठमाडौँ – सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक हेरफेर गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै जीर्ण बनेको स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक सुधार गर्ने बताएका हुन्। उनले त्यसका लागि एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउने जनाए। वाग्लेले भने, ‘स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी ३ वर्षमा ९० प्रतिशत नेपाली स्वास्थ्य...

नर्सिङ कर्मचारीको रात्री भत्ता दोब्बर, स्वास्थ्य स्वयम सेविकाको यातायात भत्ता ५० प्रतिशत बढ्यो

नर्सिङ कर्मचारीको रात्री भत्ता दोब्बर, स्वास्थ्य स्वयम सेविकाको यातायात भत्ता ५० प्रतिशत बढ्यो
काठमाडाैं। सरकारले स्वास्थ्य स्वयम सेविकाको यातायात भत्ता ५० प्रतिशत बढाउने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नर्सिङ कर्मचारीको रात्री भत्तासमेत दोब्बर बढाएको घोषणा गरेका हुन्।

जलाशययुक्त आयोजनाले पहिलो वर्षमै ४० प्रतिशत आईपीओ जारी गर्न पाउने

जलाशययुक्त आयोजनाले पहिलो वर्षमै ४० प्रतिशत आईपीओ जारी गर्न पाउने
काठमाडौं । जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्दा प्रबर्द्धकले सतप्रतिशत रकम जुटाए पहिलो वर्ष नै ४० प्रतिशत रकम बराबरको आईपीओ जारी गर्न पाउने भएका छन् । सरकारले जलाशययुक्त जलविद्युत आयोजनालाई प्रबर्द्धन गर्न यस्तो नीति लिने भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

संघीय विशिष्टकृत अस्पतालमा जलन उपचार युनिट स्थापना हुने

संघीय विशिष्टकृत अस्पतालमा जलन उपचार युनिट स्थापना हुने
काठमाडौं । सरकारले संघीय विशिष्टकृत अस्पतालमा जलन उपचार युनिट स्थापना गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । जलनको सघन उपचारका लागि वीर अस्पताल र किर्तीपुर अस्पतालको क्षमता विस्तार गरिने पनि उनले घोषणा गरे ।

काठमाडौं र पोखरा उपत्यकामा सार्वजनिक यातायातमा विद्युतीय बसलाई प्रोत्साहन गर्ने

काठमाडौं र पोखरा उपत्यकामा सार्वजनिक यातायातमा विद्युतीय बसलाई प्रोत्साहन गर्ने
काठमाडौं । सरकारले काठमाडौं र पोखरा उपत्यकामा सार्वजनिक यातायातमा विद्युतीय बसलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्ले विद्युतीय बसलाई प्रोत्साहन गर्ने नीति लिइएको बताएका हुन् । उनले काठमाडौं उपत्यकामा विद्युतीय सार्वजनिक बस, चार्जिङ स्टेसन, ट्राकिङ प्रणाली, स्मार्ट बसपार्कको सुदृढ योजना सहितको स्मार्ट अर्बन मोबिलिटी क...

कृषि, उद्योग, पर्यटन र जलविद्युतमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा दिइने

कृषि, उद्योग, पर्यटन र जलविद्युतमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा दिइने
काठमाडौँ। सरकारले अर्थतन्त्रका प्रमुख उत्पादनशील क्षेत्रहरूमा लगानी प्रोत्साहन गर्न दीर्घकालीन रूपमा स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्ने नीतिगत व्यवस्था गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। बजेट वक्तव्यअनुसार विशेष गरी कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर पटक–पटक उतारचढाव ...