आँधीको शक्ति अनुमान गर्न वैज्ञानिकले सार्कको सहारा लिँदै
काठमाडौँ । समुद्रमा स्वतन्त्र रूपमा घुम्ने सार्क अब समुद्री जीवको अध्ययनका लागि मात्र नभई शक्तिशाली आँधीको पूर्वानुमान सुधार्न पनि उपयोगी हुन सक्ने देखिएको छ ।
अमेरिकाको डेलावेयर विश्वविद्यालयका वैज्ञानिकहरूले सार्कको शरीरमा साना विद्युतीय उपकरण जडान गरेर समुद्रको तापक्रम, गहिराइ र पानीको लवणतासम्बन्धी तथ्याङ्क संकलन गर्ने परीक्षण गरिरहेका छन् । यी तथ्याङ्कले अमेरिकाको पूर्वी तटतर्फ आउने आँधीको...









