निर्वाचन लक्षित कोशी अस्पतालको ‘र्यापिड रेस्पोन्स टिम’ हाई अलर्टमा
विराटनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विराटनगरस्थित कोशी अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थालाई मध्यनजर गर्दै विशेष तयारी गरेको छ।
लोकतन्त्रको महत्वपूर्ण अभ्यासका दिन कुनै पनि स्वास्थ्य जोखिम उत्पन्न हुन नदिन अस्पतालले विशेषज्ञ चिकित्सकसहितको ९ सदस्यीय ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरी २४ सै घण्टा हाई अलर्टमा राखेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामनारायण...









