नेपाल सम्वत मौलिकताको गौरव, राष्ट्रिय एकताको सन्देश हो : मेयर कोइराला
विराटनगर / नेपाल सम्वत ११४६ को शुभारम्भको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पूर्ण नगरवासीहरू तथा स्वदेश–विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।
मेयर कोइरालाले शुभकामना सन्देशमार्फत नेपाल सम्वतलाई नेपालको मौलिक राष्ट्रिय पात्रोका रूपमा चिनाउँदै यसले नेपाली स्वाभिमान, सांस्कृतिक विविधता र ऐतिहासिक चेतनालाई अभिव्यक्त गर्ने उल्ले...









