सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले मंसिर ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर १० गते)अन्तिम दिन रहेको हो ।
कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये सर्वसा...









