गायक खेम सेन्चुरी र मीना लामाको सहकार्यमा तयार सांगीतिक कोसेली ‘भाका सारेर’को चर्चा
काठमाडौँ। नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्रकी स्थापित गायिका मीना लामाले आफ्नो नयाँ सांगीतिक कोसेली ‘भाका सारेर’ बजारमा ल्याएकी छिन्। पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक खेम सेन्चुरी र मीना लामाको स्वरले सजिएको यो गीत भर्खरै मात्र सार्वजनिक गरिएको हो।
नेत्र अर्यालको शब्द रचना र नन्दु परियारको सुमधुर संगीत रहेको यस गीतलाई मीना लामाकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। मौलिक...









