काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा लोकप्रिय शृङ्खला ‘दिदी भाइ’ को पाँचौं संस्करण ‘दिदी भाइ ५’ सार्वजनिक गरिएको छ। पारिवारिक सम्बन्ध, आत्मीयता र सामाजिक सन्देशलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा देवी आचार्य, अर्जुन पन्त र कृष्ण कँडेलले स्वर दिएका छन्।

गीतका शब्द कृष्ण कँडेलले लेखेका हुन् भने संगीत अर्जुन पन्तको रहेको छ। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र दुराले गरेका छन्। रेकर्डिङको जिम्मेवारी पनि उनैले सम्हालेका छन्।

गीतको म्युजिक भिडियोको निर्देशन अर्जुन पन्तले गरेका छन्। भिडियोमा देवी आचार्य, अर्जुन पन्त, राम पौडेल र मोतिसारा पौडेलको अभिनय रहेको छ।

त्यसैगरी बाल कलाकारका रूपमा युना भुसाल, प्रेमिल सेधाई, अर्पण परियार, उमा रेग्मी, मौसम, अमृत परियार, सव्यता र सम्वृद्धिले अभिनय गरेका छन्।

भिडियोको छायांकन तथा ड्रोन सञ्चालन सुरेश रेग्मीले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन निशान एसकेले गरेका छन्।

निर्माण पक्षका अनुसार ‘दिदी भाइ ५’ ले नेपाली परिवारमा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीय सम्बन्ध, माया, त्याग र सामाजिक यथार्थलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

तपाईको प्रतिक्रिया