सीमा निगरानी कडा बनाउन सशस्त्र प्रहरीको नयाँ रणनीति, सादा पोशाकमा जनशक्ति परिचालन हुने
काठमाडौं । सीमा सुरक्षा तथा सूचना संकलन प्रणालीलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।
सर्वसाधारणसँग सहज पहुँच स्थापित गर्दै तस्करी, भन्सार छली तथा प्रतिबन्धित गतिविधिबारे गोप्य सूचना संकलन गर्ने लक्ष्यसहित यो व्यवस्था लागू गर्न लागिएको हो ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार...









