वीर अस्पतालमा भित्रियो अत्याधुनिक स्पेक्ट–सिटी उपकरण
काठमाडौँ, चैत ११ गते । वीर अस्पतालले अत्याधुनिक ल्याब मेडिसन (स्पेक्ट, सिटी) उपकरण भित्र्याएको छ । अस्पतालको मेडिकल फिजिसिस्ट प्राडा. कञ्चनप्रसाद अधिकारीका अनुसार उक्त उपकरणको जडानको काम अन्तिम चरणमा रहेको छ । केही दिनमा सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ।
उक्त उपकरण सञ्चालनमा आएपछि क्यान्सर, मुटु, हड्डी तथा मिर्गौला के कस्तो अवस्थामा कम गरिरहेको छ भन्ने पत्ता लाग्ने अधिकारीले जानकारी...









