काठमाण्डौ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट अस्ति साउन ३० गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले हिजो पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको हो ।

यसअघि निगमले गएको साउन १८ गते पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा पेट्रोल तथा डिजेल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा दोस्रो वर्ग दाङ र सुर्खेतमा १९९ रुपैयाँ तथा तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ निर्धारण गरेको थियो ।

अहिले पनि त्यही भाउलाई कायम गरिएको हो ।

तपाईको प्रतिक्रिया