स्याङ्जामा बुधबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै
अर्जुन काफ्ले, स्याङ्जा, कात्तिक १२ गते।
कालीगण्डकी गाउँपालिका–३ आलमदेवी देउरालीमा ३९औँ खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ। हरिबोधनी एकादशीको अवसरमा निरन्तर ३९ वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगिता यस वर्ष पनि जनज्योति क्लबले आयोजना गरेको हो।
क्लबका अध्यक्ष टोपबहादुर रानाका अनुसार प्रतियोगिता लिग प्रणालीमा सञ्चालन हुनेछ र खेलहरू हरिबोधनी एकादशीको दिन सम्पन्न हुनेछन्।
...








