काठमााडौं। प्रधानमन्त्री बालेन्द्र आज पोखरा हुँदै मुस्ताङ जाने भएका छन्। प्रधानमन्त्री शाह सल्लाहकार र सहयोगीसहित नेपाली सेनाको विमानबाट पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको बुझिएको छ।
यद्यपि प्रधानमन्त्री कार्यालयले भ्रमणबारे केही खुलाएको छैन। प्रधानमन्त्रीको सचिवालय निकटस्थका अनुसार मुस्ताङ भ्रमणमा जाने प्रधानमन्त्रीसहितको टोली आज नै फर्किने कार्यक्रम छ।
प्रधानमन्त्री शाह फ्रेस हुन र पूजाआजामा सरिक हुन मुस्ताङ जान लागेको हुन सक्ने सम्भावना छ।
आजै सत्तारुढ रास्वपा केन्द्रीय समिति बैठक बस्दै छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।







