कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
विराटनगर। गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आज साँझ अस्पतालको स्थलगत निरीक्षणमा पुग्नुभएका गृहमन्त्री गुरुङले सरकारी र सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचना हटाउन गृह प्रशासनलाई निर्देशन दिए।
विभिन्न संघसंस्थाले अस्पतालको जग्गा वर्षौंदेखि कब्जा गरी व्यावसायिक प्रयोजनमा...









