मोरङका स्थानीय तहलाई दमकल सेवा चुस्त राख्न प्रशासनको निर्देशन
विराटनगर — गर्मीयाम सुरु भएसँगै सम्भावित आगलागीका घटनालाई लक्षित गर्दै मोरङ प्रशासनले जिल्लाभरका स्थानीय तहलाई वारुणयन्त्र (दमकल) सेवा तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। जिल्ला सुरक्षा समन्वय समिति मोरङको बैठकले आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण, जनशक्ति र पूर्वतयारी चुस्त राख्न आग्रह गरेको हो।
यसैक्रममा आइतबार बिहान स्थानीय प्रशासनको टोलीले विराटनगर महानगरपालिकाको वारुणयन्त्र शाखामा आकस...









