पाँचथरमा १५ शैयाको अस्पताल निर्माण सम्पन्न
पाँचथर । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–स्थित यासोकमा १५ शैयाको सुविधासम्पन्न अस्पताल निर्माण सम्पन्न भएको छ। स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त अस्पताल अब सञ्चालनको तयारीमा रहेको छ।
ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीहरूले उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यसहित निर्माण गरिएको अस्पतालले प्राथमिक तथा आधारभूत स्वास्थ्य सेवास...









