काठमाडौं। उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम उप्रेती समाज सेवाका अध्यक्ष सोभित उप्रेती को अध्यक्षतामा सम्पन्न भएको हो।
सभामा संस्थाको वार्षिक प्रगति, आगामी योजना तथा विभिन्न गतिविधिबारे छलफल गरिएको थियो। सो अवसरमा स्मारिका लोकार्पणसमेत गरिएको थियो भने नवनिर्वाचित सांसद प्रशान्त उप्रेती, रीना उप्रेती जोशी तथा निर्माण व्यवसायी राजेन्द्र उप्रेती लाई सम्मान गरिएको थियो।
अध्यक्ष उप्रेतीले संस्थाको भवन निर्माण कार्य चाँडै सुरु गरिने जानकारी दिँदै समाज सेवाका गतिविधिलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।







