पाँचथर । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–स्थित यासोकमा १५ शैयाको सुविधासम्पन्न अस्पताल निर्माण सम्पन्न भएको छ। स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त अस्पताल अब सञ्चालनको तयारीमा रहेको छ।
ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीहरूले उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यसहित निर्माण गरिएको अस्पतालले प्राथमिक तथा आधारभूत स्वास्थ्य सेवासँगै आपतकालीन सेवा समेत प्रदान गर्ने बताइएको छ।
स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार अस्पताल सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिला, ज्येष्ठ नागरिक तथा आकस्मिक बिरामीहरूलाई ठूलो राहत पुग्नेछ। साथै, स्वास्थ्य सेवा विस्तारसँगै जनस्वास्थ्यमा सकारात्मक सुधार आउने छ।
अस्पताल निर्माण सम्पन्न भएसँगै उपकरण जडान, जनशक्ति व्यवस्थापन र सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको जनाइएको छ। स्थानीय बासिन्दाले अस्पताल छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गरेका छन् ।
पाँचथरमा १५ शैयाको अस्पताल निर्माण सम्पन्न







