बीमा प्राधिकरण ५८ औं बर्षमा, अझै प्रभावकारी नियमन अबको दायित्व
काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५८ औं बर्षमा प्रवेश गरेको छ । ५८ औं बार्षिकोत्सव प्राधिकरणले विविध कार्यक्रम गरी गत सातादेखि नै मनाउँदै आएको छ । सरकारले खर्च कटौति गर्ने अभियान चलाएकोले यस बर्ष प्राधिकरणले बार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम गर्नेछैन । साँझ अपनौपचारिक चियापान कार्यक्रम मात्रै आयोजना गरिनेछ ।
२०२६ साल जेठ १ गते स्थापना भएको बीमा समिति २०७९ साल कार्तिक २२ गतेबाट नेपाल ब...









