विपद्मा सुरक्षाकर्मी र उद्धारकर्मीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री यादव
जनार्जन खत्री
सर्लाही, जेठ २२ गते ।मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विपद् र आपतकालीन अवस्थामा सुरक्षाकर्मी र उद्धारकर्मीको भूमिका महत्वपूर्ण रहँदै आएको बताउनुभएको छ ।
शुक्रबार सर्लाहीको बागमतीमा आयोजित मधेश प्रदेशस्तरीय अभ्यास हातेमालो आठौँ संस्करण–२०८३ लाई सम्वोधन गर्दै मुख्यमन्त्री यादवले सुरक्षाकर्मी र उद्धारकर्मीको प्रशंसा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “आपतकालीन अवस्थाम...









