काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) का १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा तथा ८ जनाको पदस्थापना गरेको छ ।

सरुवा सूचीअनुसार विनोदराज श्रेष्ठलाई सशस्त्र प्रहरी बल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सिंहदरबारमा सरुवा गरिएको छ । त्यस्तै, किरण ढुङ्गाना सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा सरुवा भएका छन् ।

प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत भूपेन्द्र के.सी.लाई भण्डार महाशाखामा र कार्य विभागमा रहेका सुधीरजंग थापालाई कार्य विभागमै अर्को जिम्मेवारीमा सरुवा गरिएको छ । सीमा सुरक्षा विभागमा रहेका रबिनराज कर्णजितलाई कार्य विभागमा र विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारका भरत खनियालाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।

त्यसैगरी, जहारसिंह बुढामगरलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेज र जनक पुरीलाई यूएन शान्ति स्थापना तालिम शिक्षालय, ककनीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

अन्य सरुवा हुनेमा कमलप्रसाद तिउसीना, उद्धवबहादुर न्यौपाने, गंगाराम श्रेष्ठ, विकास घिमिरे, यादव विश्वकर्मा, टोपबहादुर खनाल र अशोककुमार बम रहेका छन् ।

यसैगरी, मन्त्रालयले ८ जना एसएसपीको विभिन्न बाहिनी तथा विभागमा पदस्थापना समेत गरेको छ ।

पदस्थापना हुनेहरूमा दीपककुमार थापा (प्रबन्ध महाशाखा, प्रधान कार्यालय), सुधीर सुवेदी (मानवस्रोत विभाग, प्रधान कार्यालय), महेश के.सी. (नं. १ बराह बाहिनी मुख्यालय, सुनसरी), प्रकाशकुमार सुवेदी (नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत), चित्राङ्गत दाहाल (नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलाली), सुभाष भण्डारी (नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी), प्रदीप सिंह कार्की (नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की) र संजय भट्टराई (नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर) रहेका छन् ।

तपाईको प्रतिक्रिया