काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन)पदका लागि पुनः दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले आज (शुक्रबार) एक सूचना जारी गर्दै यसअघि प्रकाशित सूचनामा पर्याप्त संख्यामा योग्य उम्मेदवारबाट आवेदन नपरेकाले पुनः आवेदन माग गरिएको जनाएको हो।
इच्छुक उम्मेदवारले आजदेखि जेठ २८ गतेसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
यस पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फाराम र अन्य आवश्यक कागजातहरूको विस्तृत विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :








