सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
इनरुवा (सुनसरी) । सुनसरी कोसी गाउँपालिका-८ भाण्टाबारीमा गए राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम...









