विराटनगर । विराटनगर निवासी गीतकार तथा अभिनयमा सक्रिय डा विनोद श्रेष्ठको शब्द तथा अभिनयमा रहेको गीत ‘कोही छैन आफ्नो यहाँ’ गीतको भिडियो सार्वजनिक भएको छ । जीवनका यथार्थ पक्ष, मानवीय सम्बन्धको बदलिँदो स्वरूप र एक्लोपनाको अनुभूतिलाई केन्द्रमा राखेर तयार गरिएको गीतले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल भएको छ ।
नसराज घिमिरेको स्वर, संगीत तथा एरेञ्जमा तयार गरिएको गीतलाई मुम्बईस्थित स्टुडियो साउण्ड अड्डामा रेकर्ड गरिएको हो । सुमन तामाङको छायाँकन , हेमन तामाङको सम्पादन तथा सन्तोष सरकारको निर्देशनमा भिडियो तयार गरिएको छ । म्युजिक भिडियोमा दिनेश कोइराला, डा. विनोद श्रेष्ठ, कल्पना भट्टराई र कुसुम रिमालको अभिनय रहेको छ ।
गीतकार श्रेष्ठका अनुसार गीतले समाजमा बढ्दो स्वार्थ, सम्बन्धमा देखिएको दूरी तथा मानिसले भोग्ने भावनात्मक एक्लोपनालाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको उनले बताए ।
‘कोही छैन आफ्नो यहाँ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।







