एक पुरुषको शव नहरमा फेला
सप्तरी, साउन ३१ गते । सप्तरीको कञ्चनरूप नगरपालिका–८, चाँदनी चोकस्थित चन्द्र नहरमा एक जनाको शव फेला परेको छ । जिल्लाको कञ्चनरूप नगरपालिका–७, बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको शव रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीका अनुसार मृतकको शनिबार दिउँसो करिब २ बजेतिर स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर हुनासाथ इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपर...









