नवलपरासी । नवलपरासी पूर्वको एक गाउँमा बंगुरको मासु खाँदा एक दर्जन बढी बिरामी परेका छन् । कावासोती नगरपालिका–१४, हेगौलीका १६ जना स्थानीय बंगुरको मासु खाँदा थला परेका हुन् ।

प्रहरीका अनुसार गत जेठ २३ गते हेगौलीका एक सय पाँच घरधुरीका मानिसहरुले बंगुर काटेर भोज खाएका थिए ।

त्यसपछि ४४ वर्षीया रामकुमारी महतोसहित १६ जनालाई ज्वरो आउने, वान्ता हुने, पखाला लाग्ने समस्या भइरहेको प्रहरीको भनाइ छ । उनीहरुको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया