काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि। सन् २०२६ जुन १२ तारिख। विश्व बालश्रमविरुद्धको दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : मनलाई आनन्द दिने काममा समय बित्नेछ। सिर्जनात्मक सोचले नयाँ बाटो देखाउनेछ। आफूले गरेको प्रयासको मूल्य महसुस हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
वृष :घरपरिवारसँग सम्बन्धित विषयले प्राथमिकता पाउनेछ। आफन्तसँगको सहयोगले केही महत्वपूर्ण काम सहज रूपमा पूरा हुनेछन्। घरेलु वातावरण सुखद रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : आज भेटघाट र संवादले विशेष महत्व राख्नेछ। सानो जानकारीले पनि ठूलो फाइदा दिन सक्छ र नयाँ सोचतर्फ प्रेरित गर्न सक्छ। समय उपयोगी रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
कर्कट :आर्थिक विषयमा सन्तुलित निर्णय लिन सकिनेछ। आवश्यक कुरामा गरिएको खर्च लाभदायक बन्नेछ। परिश्रमको प्रतिफलले मन खुसी बनाउनेछ। आजको शुभ रंग सुनौलो पहेंलो हो भने शुभ अंक १ रहेको छ।
सिंह :आज व्यक्तित्व प्रभावशाली रहनेछ। आफ्नो विचार राख्ने अवसर प्राप्त हुनेछ र अरूले तपाईंको सुझावलाई महत्व दिनेछन्। आत्मसन्तुष्टि बढ्नुका साथै नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
कन्या :केही समय आफ्नै योजनाबारे सोच्न मन लाग्न सक्छ। हतारमा निर्णय लिनुभन्दा परिस्थितिलाई नियाल्नु राम्रो हुनेछ। धैर्यले सही बाटो देखाउनेछ। आजको शुभ रंग शाही निलो हो भने शुभ अंक ९ रहेको छ।
तुला :पुराना साथीभाइसँग सम्पर्क बढ्न सक्छ। समूहमा गरिने कामले राम्रो परिणाम दिनेछ र भविष्यका योजनामा पनि प्रगति देखिनेछ। मनमा नयाँ आशा जाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक :कर्तव्य र जिम्मेवारीतर्फ ध्यान केन्द्रित रहनेछ। आफ्नो मेहनतले राम्रो छाप छोड्नेछ। अनुभवको सही प्रयोगले उपलब्धि नजिक ल्याउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
धनु :फरक विषय जान्ने र बुझ्ने इच्छा बढ्नेछ। अध्ययन, अनुसन्धान वा नयाँ अनुभवबाट लाभ प्राप्त हुनेछ। सोचको दायरा फराकिलो बन्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।
मकर :आज गम्भीर विषयमा सोचविचार गर्नुपर्ने हुन सक्छ। कुनै निर्णय लिनुअघि सबै पक्ष बुझ्नु उपयुक्त हुनेछ र संयमले फाइदा दिलाउनेछ। मन स्थिर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
नजिकका व्यक्तिसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। मनका कुरा खुलेर राख्न सकिनेछ र एकअर्काप्रतिको विश्वास बलियो हुनेछ। दिन सन्तुलित र सुखद रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
कुम्भ :नजिकका व्यक्तिसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। मनका कुरा खुलेर राख्न सकिनेछ र एकअर्काप्रतिको विश्वास बलियो हुनेछ। दिन सन्तुलित र सुखद रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मीन :आफ्नो कामलाई नयाँ ढंगले अघि बढाउने सोच आउनेछ। धेरै दिनदेखि रोकिएको विषयमा स्पष्टता मिल्न सक्छ र मनको अन्योल पनि कम हुँदै जानेछ। दिनभरि सक्रियता कायम रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।







