हुम्ला – जिल्लाभरका स्थानीयका जग्गासम्बन्धी पुराना आवश्यक कागजात असुरक्षित अवस्थामा जिल्ला मालपोत कार्यालयमा राखिएका छन्।
कपडामा बाँधेर जस्तापाताले छापेको घरको माथिल्लो छतमा राखिएका कारण दिउँसो गर्मीले असर गर्ने र किरा लाग्ने समस्याका कारण ती कागजात असुरक्षित देखिएका हुन्।
काम बिशेषले मालपोत कार्यालयमा गएर पुराना कागजात हेर्न खोज्दा जिल्लाभरका स्थानीयका जग्गासम्बन्धी कागजात असुरक्षित देखिएको हुम्ला जिल्लाका पूर्व सासद छक्कबहादुर लामाले जानकारी दिए।
जस्तापाताले छापेको घरको माथिल्लो तलामा कपडामा बाँधेर त्यत्तिकै अवस्थामा राखिएकाले बर्खामा गर्मीले कागजात बिगारेको र केहीमा ढुसीसमेत लागेको सञ्चारकर्मी नवराज महताराले बताए। उनले ती पुराना कागजातलाई सुरक्षित र ब्यवस्थित रुपमा राख्न मालपोत कार्यालयलाई आग्रहसमेत गरे।
साविक पञ्चायत र गाविस अनुसारका कागजात पनि मिलाएर राखिएको छैन। सवै कागजात छरपष्ट अवस्थामा राखिएकाले खोज्न पनि समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ।







