बराहक्षेत्र ।
बराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित सहकारी संस्था मध्यको एक औलिया बाबा वचत तथा ऋण सहकारी संस्थाले १७ औं बार्षिक साधारण सभा आयोजना गरेको छ । २०६६ सालमा बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा वयरवनमा स्थापना भएको सहकारीले आईतबार शेयर सदस्य, बचतकर्ता, सरोकारवालाको उपस्थितिमा १७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभामा संस्थाका कार्यवाहक अध्यक्ष दिपेशजंग (सोमराज) बस्नेतले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना प्रस्तुत गरेका थिए । भन्ने राय सुझाब सहितको आर्थिक प्रतिबेदन संस्थाका आन्तरिक लेखा समितिका संयोजक शान्तिराम खतिवडाले प्रस्तुत गरेका थिए ।
सांस्थाको ५ सय २६ जना शेयर सदस्य रहेको र ५ करोड ५३ लाख ५७ हजार ८ सय २० रुपैया ७५ पैसा निक्षेप सङ्कलन गरेको संस्थाका कार्यवाहक अध्यक्ष दिपेशजंग (सोमराज) बस्नेतले सहकारीको बार्षिक प्रगति विबरण प्रस्तुत गर्दै जानकारी दिए । सहकारीले आर्थिक बर्ष ०८२/८३ मा ५ करोड ५३ लाख ५७ हजार ८ सय २० रुपैया ७८ पैसा बचत सङ्कलन गरेको छ । भन्ने ४ करोड ६१ लाख ८२ हजार ८ सय ६६ रुपैया ४७ पैसा बचत फिर्ता गरेको छ।
सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष दिपेशजंग (सोमराज) बस्नेतले संस्थाको सेयर पुँजी ७५ लाख ८ हजार ५ सय
७४ लाख ३७ हजार ८ सय रहेको जानकारी दिए । कार्यवाहक अध्यक्ष दिपेशजंग (सोमराज) बस्नेतले भावी योजना प्रस्तुत गर्दै समयअनुसार सहकारी शिक्षा, परिवर्तित ऐन नियमबारे सदस्यलाई जानकारी गराउने, उद्घोषण/ वादविवाद प्रतियोगिता, स्वास्थ्य शिविरलगायतका सामाजिक कार्य गर्ने उल्लेख गरे ।
सभाले कार्यवाहक अध्यक्ष दिपेशजंग (सोमराज) बस्नेतले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिको प्रतिबेदन लेखा समितिको प्रतिवेदन संस्थाका आन्तरिक लेखा समितिका संयोजक शान्तिराम खतिवडाले प्रस्तुत गरेको आन्तरिक लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । आईतबार चतरा वयरबन स्थित संस्थाको कार्यालय परिसरमा संस्थाका कार्यवाहक अध्यक्ष दिपेशजंग (सोमराज) बस्नेतको सभाध्यक्षतामा आयोजनाको भएको साधारण सभामा आदर्श माबिका पुर्व प्रध्यानाध्यापक तथा संस्थाका सल्लाहकार ओम कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीले प्लस टू को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क हासिल गरेका सेयर सदस्यका संन्तान छात्रतर्फ आर्यन बस्नेत र छात्रातर्फ आस्का श्रेष्ठ लाई नगद ५ हजारले पुरस्कृत गरिएको थियो ।
असल बचत तथा कारोबार गर्ने महिलातर्फ ईश्वरी देवी दाहाल र पुरुषतर्फ प्रेमकुमार राई त्यस्तै असल कारोबार गर्ने जेष्ठनागरिक महिलातर्फ अम्बिका देवी भण्डारी र जेष्ठनागरिक पुरुषतर्फ जगदीश प्रसाद साहलाई सम्मान गरिएको थियो ।





