एभरेष्ट कलरको आईपीओ बिक्री खुल्यो
काठमाडौं। एभरेष्ट कलरले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई निष्कासन गरेको हो।
कम्पनीले ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्त...









