काठमाडौं– अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आएकी छन् । नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आएकी हुन् । अहिले उनी होटल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी छन् । वालेन्द्र शाह नेतृत्वकाे वर्तमान सरकार गठन भएपछि अमेरिकाबाट भएकाे यो उच्च तहको भ्रमण हो । रोजर्सको भ्रमणलाई नेपाल–अमेरिका सम्बन्धको दृष्टिले महत्तव्पूर्ण मानिएको छ ।
अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौंमा







