आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चाण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् । यसअघि सरकारले खारेज गरेका नियुक्तीबाट बचेका भट्टले बुधबार राजीनामा गरेका हुन् । भट्टले आफ्नो पदबाट राजीनामा दिएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा
विराटनगर । बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्ट विभागको छुट्टै अत्याधुनिक वार्ड औपचारिक रूपमा सञ्चालनमा आएको छ। अस्पतालले बिहीबार पाँचौं तल्लामा विशेष कार्यक्रम आयोजना गर्दै ७० बेडको नयाँ वार्ड औपचारिक रूपमा शुभारम्भ गरेको हो । मूत्र प्रणाली, पुरुष प्रजनन स्वास्थ्य तथा मिर्गौला सम्बन्धी बिरामीहरूलाई सहज, छिटो र एकीकृत सेवा दिने उद्देश्यले निर्...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको स...

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
स्याङ्जा/ देशकै ठूलो जलविद्युत आयोजनामध्ये एक कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्र केही दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । विद्युत गृहभित्र रहेको इन्लेट भल्ब र टर्बाइनमा समस्या देखिएपछि केन्द्रले उत्पादन रोक्न लागेको हो । केन्द्रले जारी गरेको सूचनाअनुसार आज रातिदेखि वैशाख २९ गते बिहानसम्म विद्युत उत्पादन बन्द रहनेछ । यस अवधिमा पावर हाउसमा बृहत् मर्मतसम्भार गरिने जनाइएको छ । केन्द्र प्रमु...

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

नेप्से परिसूचक २७ अङ्कले बढ्यो
काठमाडौँ – यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा कायम भएको छ। यो एक दशमलव ०१ प्रतिशतको वृद्धि हो। आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैंकिङ समूह ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ। सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले यही वैशाख २८ गते सोमबार अपराह्न ४ः०० बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ। बैठकले अन्तर्राष्ट्...

उपभोक्ता ऐन उल्लंघन गर्ने तीन व्यवसायिक फर्मलाई जरिवाना

उपभोक्ता ऐन उल्लंघन गर्ने तीन व्यवसायिक फर्मलाई जरिवाना
विराटनगर/ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन व्यवसायिक फर्मलाई कारबाही गरेको छ । बजार अनुगमनको क्रममा ती फर्मले उपभोक्ता संरक्षण ऐन र नियमावलीविपरीत गतिविधि गरेको पाइएपछि विभागले कारबाही गरेको हो । विभागका अनुसार उनीहरुलाई कारबाहीस्वरुप जरिवाना तिराइएको छ । कारबाहीमा पर्नेमा काठमाडौंको गोंगबुस्थित लुगा जुत्ता प्रालि, पुजा श्रृङगार र नयाँ बानेश्वरमा रहेको श्रेष्ठ कस्मेटिक्स शप ...

नेपाल उद्योग वाणिज्य महासंघको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले ‘छ स्तम्भ, साठी पहल’ शीर्षकको रणनीतिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ। महासङ्घको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष श्रेष्ठको पद बहालीसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको महासंघले जनाएको छ। महासङ्घले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणला...

समस्याग्रस्त कर्णाली बैंकले हकप्रद ल्याउन नपाएपछि आइपिओ/एफपिओबाट रकम उठाएर निक्षेप फिर्ता गरिँदै

समस्याग्रस्त कर्णाली बैंकले हकप्रद ल्याउन नपाएपछि आइपिओ/एफपिओबाट रकम उठाएर निक्षेप फिर्ता गरिँदै
काठमाडौं। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकको पुनर्संरचनाका लागि नयाँ मोडालिटीमा छलफल सुरु गरेको छ। यसअघि प्रस्ताव गरिएको हकप्रद सेयर निष्कासनको प्रक्रियामा धितोपत्र बोर्ड (सेबोन) ले कानुनी जटिलता देखाउँदै सहमति नदिएपछि अहिले बैंकको निक्षेप फिर्ता र पूँजी वृद्धिका लागि आइपिओ वा एफपिओ जारी गर्ने विकल्पमा बहस अगाडि बढाइएको होे। २०८१ पुस १० गते समस्याग्रस्त घोषण...

पेट्रोल र डिजेलको भाउ घट्यो : खाना पकाउने ग्यासको बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो : खाना पकाउने ग्यासको बढ्यो
काठमाण्डौ - पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँले तथा डिजेल र मट्टितेलमा १२ रुपैयाँले भाउ घटेको छ । योसँगै काठमाण्डौ उपत्यका, दिपायल र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ । यसअघि काठमाण्डौ उपत्यका, दिपायल र पोखर...