काठमाडौं। प्राइम कमर्सियल बैंकले आजदेखि ऋणपत्र बिक्री खुलाएको छ। बैंकले प्रतिऋणपत्र १,००० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो।
ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन हुनेछ।
सर्वसाधारणका लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ।
ऋणपत्रमा छिटोमा असार १९ सम्म र ढिलोमा असार ३० सम्म आवेदन दिन सकिनेछ। आवेदन दिँदा न्यूनतम २५ कित्ता र अधिकतम पूरै कित्ताका लागि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३ गते अनुमति दिएको थियो। वार्षिक ६.२५ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि १० वर्षको रहेको छ।







