- ✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष – प्रतिस्पर्धी परास्त हुनुका साथै आम्दानी बढ्ने समय छ । पारिवारिक वातावरण तपाईंको अनुकूल नरहे पनि पराक्रम र उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा विशेष फाइदाको योग छ । स्वास्थ्य सबल रहनेछ । आफन्तको साथ मिल्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । मिठो भोजन प्राप्तिका साथै सुख विलासको अवस्था रहने देखिन्छ ।

वृष – पारिवारिक समस्याको समाधान मिल्ने समय छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना भएपनि रोकिएका काम सम्पादन हुनेछन् । परोपकार र धार्मिक क्षेत्रको लगानी यशवद्र्धक एवम् फलदायी रहला । सवारी साधनको प्रयोगमा आजको दिन विशेष सजगता अपनाउनु हितकर होला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । आरोग्यता रहनेछ ।

मिथुन – सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज राम्रो छ । शत्रुहरूको चलखेल बढे पनि तिनले हानी गर्न सक्ने छैनन् । प्रेमभाव वृद्धि हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । मान पुरस्कार प्राप्त हुने योग छ ।

कर्कट – नोकरी तथा व्यवसायसँग सम्बद्ध कार्यमा कुनै ठोस परिणाम देखापर्ने समय छ । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल रहला । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्न सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पराक्रम वृद्धि हुनुका साथै रसरागका कार्यक्रममा आकर्षण रहला ।

सिंह – सानातिना काम र घरेलु व्यवहारमै आजको समय व्यतीत भएपनि राम्रै लाभ प्राप्त हुने समय छ । हाँसखेल र मनोरञ्जनको अवस्था रहला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । अप्ठ्यारो परिस्थितिमा पनि महत्वपूर्ण काम बन्न सक्छन् । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कन्या – नयाँ काम र जिम्मेवारी हातपर्ने समय छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको गुज्रने सम्भावना छ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ, सजग रहनुहोला । समयको गतिलाई पछ्याउन प्रयत्न गरे आर्थिक दृष्टिले लाभकारी होला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आफन्तजन सहयोगी रहलान् ।

तुला – समय खासै बलियो नभएपनि तपाईंको परिश्रमको राम्रै प्रतिफल प्राप्त हुने देखिन्छ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्ध रहनेछ, जसबाट लाभ नै प्राप्त होला । बन्दव्यापारबाट फाइदा हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु उचित होला । आरोग्यता रहनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने देखिन्छ ।

वृश्चिक – न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । आर्थिक पक्ष सुदृढ रहला । महत्वपूर्ण योजनामा अघि बढ्न मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ, ध्यान राख्नुहोला । यात्रागत कार्य सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नुहोला । खर्च वृद्धि हुनसकने योग रहेकोले नियन्त्रणको प्रयत्न गर्नु उचित हुनेछ ।

धनु – टाढाको यात्रा गर्नुपर्ने अवस्था आउनसक्छ, तर आजको दिन अनावश्यक यात्राबाट सकभर जोगिनु हितकर रहला । पारिवारिक सहयोग प्राप्त हुनेछ । कामधन्दा र व्यवसायको चापले गर्दा मित्रमिलन एवम् दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । कर्मबल बढ्नेछ । आयवृद्धिको योग छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ ।

मकर – काममा सोचेजस्तै सफलता मिल्ने र सहयोगीहरूले साथ दिने समय छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने योग छ । इष्र्यालुजनसँग दूरी बनाएकै राम्रो । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । दामपत्यसुखको योग छ ।

कुम्भ – बोलीको विपरीत अर्थ लाग्न सक्ने तथा कल्पना र भावनामा केन्दित भइने समय रहेकोले बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु उचित होला । नचिताएको स्थानबाट धनागमनको योग छ । परिणाममुखी काममा लगानी गर्न सकिनेछ । शरीर फूर्तिलो भएको महसूस होला । शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ । खेलकूद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहनेछ ।

मीन – आजको दिन चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ, धैर्यपूर्वक काम लिने प्रयत्न गर्नुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रै लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । रसरागमा आकर्षण रहला । साझेदारीको काम पनि बन्नेछ । शत्रुसित लड्ने सामथ्र्य वृद्धि हुनेछ ।

तपाईको प्रतिक्रिया