मेष
काममा माता पिताको सहयोग प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको विचारले तपाईंलाई प्रभावित पार्न सक्छ । सवारी साधन प्राप्तिको योग रहेको छ भने व्यापारमा लाभ हुने संकेत देखिन्छ । समाजमा प्रतिभाको कदर हुनेछ। धर्म कर्ममा रुचि बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरूका लागि समय उत्साहप्रद रहनेछ । समग्रमा फाइदाजनक समय छ ।
वृष
सन्तान वा अनुयायीका माध्यमबाट लाभ लिन सकिनेछ । यात्राको योग रहेको छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । जग्गा जमिन वा घरायसी सम्पत्ति सम्बन्धी चिन्ताले सताउन सक्छ । समाजमा आलोचना हुने सम्भावना छ । आकस्मिक यात्राको योग छ भने नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ ।
मिथुन
थकानको अनुभव हुनेछ । अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ । आकस्मिक रूपमा स्वास्थ्य समस्या आउन सक्छ । खर्च बढ्नेछ र शरीरमा आलस्यता बढ्ने संकेत छ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ । पठन पाठनमा ध्यान कम जानेछ र आलोचना सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।
कर्कट
राम्रो आम्दानी गर्ने अवसर प्राप्त हुनेछ । अरूको मन जित्न सकिनेछ । उठ्नुपर्ने रकम हात लाग्नेछ र आम्दानी बढ्ने संकेत छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । तर, काममा रुचि घट्ने र नकारात्मक सोचले असर पार्न सक्छ । काममा अवरोध र मान सम्मानमा कमी आउने सम्भावना छ ।
सिंह
तपाईंका कामको अरूबाट उच्च मूल्यांकन हुनेछ । बोलीको कदर हुनेछ । खुशीको समाचार सुन्न पाइनेछ । राम्रो कामका लागि अनुकूल वातावरण बन्नेछ । दिन दुःखीलाई गरिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर प्राप्त हुनेछ । उद्योग र व्यापारमा विशेष लाभ हुनेछ ।
कन्या
व्यवसायिक क्षेत्रमा लाभप्रद समय छ । पुराना इष्टमित्र तथा प्रेमी प्रेमिकासँग भेटघाट हुने सम्भावना छ । उद्योग र व्यापारमा राम्रो फाइदा हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा अपेक्षित सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौसलामा वृद्धि हुनेछ । बिग्रिएका कामहरू बन्नेछन् ।
तुला
बोलीको गलत अर्थ लाग्न सक्छ । व्यापारमा हानि र कर्मचारीतर्फ अपजस व्यहोर्नुपर्ने सम्भावना छ । यात्रा जोखिमपूर्ण हुन सक्छ, त्यसैले सतर्कता आवश्यक छ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ । यद्यपि, गरिएका कामको केही प्रतिफल प्राप्त हुनेछ । कृषि तथा पशुपालन क्षेत्रमा समस्या देखिन सक्छ ।
वृश्चिक
विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ । पारिवारिक समस्याले मन खिन्न बनाउनेछ । अध्ययन, अध्यापन तथा लेखनमा रुचि घट्नेछ । माता पिताको स्वास्थ्यमा कमजोरी देखिन सक्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ ।
धनु
मिठा परिकारको आनन्द लिन पाइनेछ । पठन पाठनमा प्रगति हुनेछ । नसोचेका कामहरू सफल हुनेछन् । आत्मविश्वास र निर्णय क्षमता बढ्नेछ । विपरीत लिङ्गबाट सहयोग मिल्नेछ । धन आर्जनका अवसर प्रशस्त छन् । कर्म प्राप्ति र सफलताको योग बलियो देखिन्छ ।
मकर
समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । व्यवसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगति बारे खुशीको खबर सुन्न पाइनेछ । पारिवारिक जीवन सन्तोषजनक रहनेछ । व्यवसायबाट राम्रो लाभ हुनेछ । प्रतिस्पर्धीहरू कमजोर हुनेछन् । पशुधन र जमिनबाट फाइदा मिल्नेछ ।
कुम्भ
साना काम र घरेलु समस्यामा समय व्यतीत हुनेछ । वादविवादमा फस्ने सम्भावना छ । प्रतिफल नआउने क्षेत्रमा लगानी हुन सक्छ । बौद्धिक र सृजनात्मक क्षेत्रमा भने सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, जसले दैनिक काम प्रभावित पार्न सक्छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ ।
मीन
सामाजिक उत्तरदायित्व पूरा गर्ने समय छ । परोपकार र धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखद र समृद्ध रहनेछ । आम्दानी बढ्ने संकेत छ । पारिवारिक सुख मिल्नेछ र अध्ययन अध्यापनमा प्रगतिको खबर प्राप्त हुनेछ । शुभचिन्तकहरूले कमजोरी प्रति सुझाव दिन सक्छन् ।





