मेष
आज तपाईंले सोचेका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन् र अन्न लाभ पनि हुनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोगी बन्नुपर्ने तर आफ्ना लागि परिस्थिति केही प्रतिकूल रहन सक्छ । प्रतिस्पर्धामा कमजोर सावित हुन सक्ने सम्भावना छ । आफन्तबाट समेत टाढिनुपर्ने समय छ ।
वृष
नसोचेको ठाउँबाट धन लाभ हुने सम्भावना छ । तर बाध्यतामा अलमलिँदा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले मन अशान्त रहन सक्छ । बेसुरमा बचन दिने बानीले समस्या निम्त्याउन सक्छ, त्यसैले सचेत रहनुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु उपयुक्त हुनेछ । व्यवसायमा लगानी बढाउने समय छ । आफ्नै कमजोरीका कारण विवादमा पर्न सकिने योग छ ।
मिथुन
आज धन लाभको सम्भावना छ भने टाढाको यात्राको पनि योग रहेको छ । दिन रमाइलोसँग बित्नेछ । कृषिबाट सामान्य लाभ मिल्नेछ । परिवारमा आमाको सहयोगबाट काम बन्न सक्छ । तपाईंको कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ । सहयोगीहरूबाट राम्रो साथ पाइनेछ ।
कर्कट
मसलाजन्य खानाबाट विशेष सावधान रहनुहोस्, स्वास्थ्य समस्या आउन सक्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वसँग भेट्ने अवसर मिल्नेछ । ठूलै फाइदाको आश्वासन पाइनेछ र विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । तपाईंका कामको धेरैले प्रशंसा गर्नेछन् ।
सिंह
राम्रो कर्मफल प्राप्त भई मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुने सम्भावना छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, त्यसैले सजग रहनुहोस् । बलभन्दा बुद्धिको प्रयोग गर्दा फाइदा हुनेछ । अनायासै धन खर्च हुने सम्भावना छ । आम्दानीमा अवरोध ल्याउनेहरू सक्रिय हुन सक्छन् ।
कन्या
पारिवारिक जमघटमा मन रमाउनेछ । तर भेटघाटका कारण अलमल हुँदा नोक्सान हुन सक्छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । सहयोगीहरूबाट राम्रो साथ पाइनेछ र काममा सफलता मिल्नेछ । अवसर आएपनि त्यसको पूर्ण लाभ उठाउन नसकिने सम्भावना छ । धेरै प्रयासपछि मात्र सामान्य फाइदा हुनेछ । लाभ सञ्चय गर्न कठिन हुनेछ ।
तुला
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानी गर्ने समय छ । विदेश भ्रमणका लागि प्रयास गर्न सकिन्छ । राम्रो आम्दानी गर्ने अवसर मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा विशेष लाभको योग छ । प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ । साथीभाइको सहयोगले आत्मविश्वास बढाउनेछ ।
वृश्चिक
मेहनतले प्रशस्त लाभ प्राप्त गर्न सकिनेछ । व्यापारमा पनि राम्रो फाइदा हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग मिल्नेछ । तर सहयोगीहरूबाट धोका पाउने सम्भावना भएकाले सचेत रहनुहोस् । आलस्य बढ्न सक्छ र खर्च पनि बढ्ने देखिन्छ । बन्ने निश्चित भएको काम अचानक बिग्रन सक्छ । तर कामको उचित मूल्य प्राप्त हुनेछ ।
धनु
लाभदायक काम सुरु गर्ने समय छ । गरिएका कामको राम्रो मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका रूपमा बिग्रेको वस्तु हात लाग्न सक्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ तर पेट सम्बन्धी समस्या हुन सक्छ । नयाँ काम सुरु गर्न केही समय पर्खनु उपयुक्त हुनेछ । सामाजिक दायित्व बढ्नेछ ।
मकर
अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका कामहरू बिस्तारै पूरा हुनेछन् र नयाँ अवसरहरू पनि प्राप्त हुनेछन् । बोलीको प्रभाव र कार्य क्षमता बढ्नेछ । तर अनावश्यक विवादमा पर्न सकिने सम्भावना छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ र प्रतिष्ठा बढ्नेछ ।
कुम्भ
होसियारीपूर्वक काम गर्नुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयासले पनि राम्रो फाइदा मिल्नेछ । कृषि कर्म र व्यापारमा राम्रो लाभ हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि सफलता प्राप्त हुनेछ । मेहनतले कीर्ति दिलाउनेछ ।
मीन
नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा पछि परिने सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालीन लाभ हुने काम सुरु गर्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउनेछ । भाग्यले अपेक्षाभन्दा बढी फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्दै जानेछन् र आम्दानी बढ्नेछ ।





