मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा तारिफ योग्य कामले समाजमा लोकप्रियता दिलाउनेछ । दिगो काम थालनी गर्न सकिनेछ । साताको मध्यमा सामान्य काममा पनि अनावश्यक खर्च बढ्ला, सावधान रहनुहोस् । बोलि व्यवहारले अरूको मन जित्न सकिनेछ । साताको अन्तिममा विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । मेहनतले सफलताको उचाइमा पुगिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा आकस्मिक खर्च बढ्नाले आयको स्रोत कमजोर देखिनेछ । भविष्यको लागि लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ । साताको मध्यमा समाजमा मान प्रतिष्ठा बढ्नेछ । आवश्यक भौतिक संसाधन जुटाउन सकिनेछ । साताको अन्तिममा संगीत वा कलाको क्षेत्रमा रुचि बढ्नेछ । आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा व्यापार व्यवसायमा मनज्ञ लाभ आर्जन हुनेछ । विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ । साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । साताको अन्तिममा कार्य क्षेत्रमा अधिनस्थहरू सहयोगी सिद्ध हुनेछन् । माननीय जनहरूको सहयोगले महत्वपूर्ण योजना पूरा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा कृषि वा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ । सञ्चित धनको उपयोगले व्यापार व्यवसायमा लगानी बढाउनुपर्ला । साताको मध्यमा पहिलाको आम्दानी प्राप्त हुनाले नयाँ काम गर्नमा उत्साह जाग्नेछ । कामको उचित मूल्याङ्कन प्राप्त हुनेछ । साताको अन्तिममा अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला । छरछिमेकीसँग असमझदारी बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा कमजोर नतिजा सच्याउन काम दोहोराएर गर्नुपर्ला । व्यापारमा फाइदा हुनेछ भने सेवाग्राहीहरूको मन जित्न सकिनेछ । साताको मध्यमा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ । साताको अन्तिममा शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । आफूभन्दा ठूला प्रति आत्मीयता बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ । साताको मध्यमा नतिजा कमजोर देखिनाले काम दोहोर्याएर गर्नुपर्ला । उच्च शिक्षालाई लिएर नयाँ मार्गहरू प्रशस्त हुनेछन् । साताको अन्तिममा सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । नमागी अरूलाई सल्लाह नदिनुहोस् । साताको अन्तिममा अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । विद्यार्थीहरूको शैक्षिक क्षेत्र फराकिलो हुनेछ भने तर्कशक्तिमा विकास हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । आर्थिक स्थिति सबल रहनेछ । साताको अन्तिममा उपलब्धिहीन काममा समय वा श्रम खर्च गर्नुपर्ला । स्वास्थ्यलाई लिएर खानपिनमा सावधान रहनुहोस् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा मनमा परोपकारको भावना जागृत हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट आवश्यक अनुसार ऋणको प्रक्रियाहरू अघि बढ्नेछन् । साताको अन्तिममा आय सबल रहनेछ भने विभिन्न अवसरहरुले पछ्याउनेछ । साहसिक कार्य गर्ने समय रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा आफन्तहरूको मध्य कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ । माताको स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । रचनात्मक कार्यमा मन लाग्नेछ । नेतृत्व गर्ने क्षमतामा विकास हुनेछ । साताको अन्तिममा संघर्षको उचित मूल्यांकन नपाईएला । अवसरवादिहरूबाट सावधान रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिनुहोस् । सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । साताको मध्यमा स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला । व्यवहारिक पक्ष सबल रहनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा चुनौती पछ्याउँदै नयाँ अवसर निर्माण गर्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ । प्रतिक्षित नतिजाको अनुकूल परिणाम प्राप्त हुनेछ । साताको मध्यमा धैर्य वा पराक्रममा वृद्धि हुनेछ । धर्म कर्म तर्फ मन जानेछ । साताको अन्तिममा गृहणीहरूलाई जीवन साथीद्वारा उपहार प्राप्त होला । साझेदारी व्यापारमा लाभ रहनेछ ।

तपाईको प्रतिक्रिया