विराटनगर — मोरङको विराटनगर महानगरपालिका–६ स्थित केशलिया खोलानजिक भारततर्फ बाट लुकाइछिपाई ल्याइएको ठूलो परिमाणमा माछा बरामद गरिएको छ।

शुक्रबार बिहान करिब ५ः३० बजे प्रहरीले बेवारिसे अवस्थामा सेतो कार्टुनमा प्याक गरिएको माछा फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार बरामद माछाको तौल करिब ५० के.जी. रहेको र करिब १२ बोरा बराबर परिमाणमा माछा भेटिएको हो। उक्त माछा जिपमार्फत ल्याइएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

फेला परेका माछा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको र यसबारे स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया