मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा प्रतिष्ठा बढ्नेछ । भविष्यको लागि कर्म नियोजन गर्न सकिनेछ । कार्य क्षेत्रमा नयाँ काम हात लाग्नेछ । साताको मध्यमा आफन्तहरूको साथ सहयोग मिल्नाले मन प्रसन्न रहनेछ । घर परिवारमा मनोरञ्जनात्मक समय बित्नेछ । साताको अन्तिममा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुका साथै जनसमर्थनमा वृद्धि हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा आर्थिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ । वैदेशिक रोजगारबाट लाभ प्राप्त हुनेछ । साताको मध्यमा कार्यक्षेत्रमा लगनशीलताको उचित मूल्याङ्कन मिल्नेछ । नोकरी वा पेशामा उच्च अधिकारीहरूबाट प्रशंसा पाइनेछ । कार्य समयमा सम्पादन हुनाले मन प्रसन्न र प्रफुल्लित रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा मन उत्साह र आनन्दले परिपूर्ण हुनेछ । समयमा कार्य सम्पादन गर्न सकिनेछ । शेयर मार्केटबाट लाभ प्राप्त हुनेछ । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । स्वास्थलाई लिएर चिकित्साको परामर्श लिनुहोस् । वैदेशिक शिक्षाको लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा धर्मकर्ममा रुचि बढ्नुका साथै धार्मिक यात्राको योग बनिरहेको छ । साताको मध्यमा पितासँगको मतभेद सुल्झिनेछ । कार्य क्षेत्रमा अनुभवको लाभ मिल्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । साताको अन्तिममा रोकिएको कार्य सम्पादन हुने वा विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । स्वास्थ्य सामान्य रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा घर परिवारमा मतभेदको सम्भावना रहेको छ । कार्य क्षेत्रमा बाणीले गर्दा कार्य बिग्रिनेछ । कार्य क्षेत्रलाई लिएर गरिएको यात्राबाट सफलता मिल्नेछ । साताको अन्तिममा उच्च पदस्थ व्यक्तिको साथ मिल्नेछ । नयाँ कामको थालनीको लागि समय उपयुक्त रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा कार्यक्षेत्रमा सोचेका काम समय भन्दा अगाडि पूरा हुनेछन् । रोजगारको नँया अवसरहरू मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ हुनेछ । कार्य क्षेत्रमा नयाँ उपलब्धिले थप उत्साह जगाउनेछ । साताको अन्तिममा विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्नेछ । शत्रुहरू हावी हुने प्रयास गर्नेछन् । साताको मध्यमा सामूहिक कार्यमा सबैको अनुमति लिएर अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ । कानुनी मामिलाहरुमा हजुरलाई सफलता मिल्नेछ । कार्य क्षेत्रमा दौडधुप धेरै रहनेछ । साताको अन्तिममा स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा आर्थिक पक्ष मजबुत रहनेछ । कार्य क्षेत्रमा सन्तानको सहयोग मिल्नेछ । प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ । साताको मध्यमा अप्रिय व्यक्तिहरूसँगको भेटघाटले मन खिन्न रहनेछ । इष्टमित्र र अधिकारी वर्गहरूको राम्रो सहयोग पाइनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा घर परिवारबाट सहयोग प्राप्त हुनेछ । राजनीतिक परिपेक्षमा आफ्नो पक्ष बलियो रहनेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीहरूलाई गुरुजनहरूबाट नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । साताको अन्तिममा मन अस्थिर हुनाले कार्य क्षेत्रमा बाधा आउनेछ । कठिन समयमा मित्रहरूबाट सहयोग मिल्ला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा आँटेको कार्यलाई सफल बनाउन सक्नुहुनेछ । सकारात्मक सोच लिएर अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ । साताको मध्यमा परिवारको साथ र समर्थनले मनोबल उच्च रहनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहला । उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा बोलीले कार्य क्षेत्रमा कार्यसिद्ध गर्न सकिनेछ । साताको मध्यमा सामाजिक समारोहमा संलग्न हुने अवसर प्राप्त हुनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्तिममा पुराना साथीहरूसँग रमाइलो समय बित्नेछ । कुनै पनि योजनाहरू सम्पादन गर्नुभन्दा पहिला कसैसँग नभन्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा समाजमा मान प्रतिष्ठा बढ्नेछ । व्यक्तिगत कार्यमा सफल भइनेछ । साताको मध्यमा बच्चाहरूको स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । आर्थिक स्थितिमा सुधार हुनेछ । साताको अन्तिममा लगनशीलताले कार्य क्षेत्रमा सफलता मिल्नेछ । महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् ।







