विराटनगर — भारतबाट अवैध रूपमा भित्र्याइएका करिब दुई लाख पचास हजार रुपैयाँ बराबरका छालाका ज्याकेट र पार्टी सुज विराटनगरमा बरामद गरिएको छ।

नेपाल–भारत सीमास्थित रानी हनुमान मन्दिर नजिकबाट जोगबनी हुँदै आएका मारुती भ्यान (ना १ च ९३५४) मार्फत सामान ल्याउँदै गरेको अवस्थामा शसस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानीको टोलीले शुक्रबार साँझ भ्यान नियन्त्रणमा लिएको हो।

सप्रनाउ विकास खतिवडाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले भ्यान रोकेर जाँच गर्ने क्रममा ठूलो परिमाणमा छालाका ज्याकेट र पार्टी सुज फेला परेको थियो। बरामद सामानको अनुमानित मूल्य करिब दुई लाख पचास हजार रुपैयाँ बराबर रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले भ्यान चालक विराटनगर–१७, रानीका ४० वर्षीय फर्के आलमलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। आलमलाई हाल इलाका प्रहरी कार्यालय रानीमा राखी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया