मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र लाभ मिल्ने सम्भावना छ । भविष्यका लागि विशेष कामको जग बसाउने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ र आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर नसोचेको रोगले सताउने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ र उपचारमा खर्च हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गर्दा महत्वपूर्ण वस्तु वा अवसर प्राप्त हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत बढ्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने सम्भावना छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुन सक्छ । विगतका समस्या बल्झिन सक्छन् । सानातिना घरेलु काम र समस्यामा अल्झनुपर्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चोरी वा ठगीमा परिने सम्भावना छ । आर्थिक कारोबार गर्दा अत्यधिक सजगता अपनाउनुहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । आफूलाई कमजोर महसुस हुने र मेहनतअनुसार फाइदा कमै हुने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । आम्दानी बढ्नेछ र परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर छ । सामाजिक दायित्व बढ्नेछ । कामको सिलसिलामा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेर अधिकार स्थापित गर्न सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय आएको छ । आफ्नै कमजोरीका कारण विवादमा परिने सम्भावना छ, तर सद्विचारले प्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । समय उत्साहवर्द्धक रहनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ हुने काम प्रारम्भ गर्ने उपयुक्त समय हो । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मेहनतले आम्दानी बढ्नेछ । आयस्रोत बढ्नेछ र उठ्न बाँकी रकम हातलागी हुने सम्भावना छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । व्यापारमा पनि बढी फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषयमा अत्यधिक चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, त्यसैले सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सन्तान वा मातृशक्तिको सल्लाह र सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी बन्नेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष लाभ हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय आएको छ । विभिन्न अवसरले पछ्याउनेछन् । तर व्यापारमा सोचेको फाइदा पूर्ण रूपमा नउठ्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया