मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्य क्षेत्रमा तन्मयताका साथ जुट्नुपर्ने समय हो । सेवाग्राहीसँग विवाद भएमा त्यसले ठूलो रूप लिन सक्छ, किनभने प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेका छन् । आपसी तालमेल र समन्वयका लागि आवश्यक परे केही कुरामा सम्झौता गर्नुपर्छ, नत्र जिद्दीपनाका कारण निराशा बढ्न सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आत्मविश्वासमा वृद्धि हुने दिन हो । शिक्षा क्षेत्र, आर्थिक कारोबार तथा सुनचाँदीजस्ता व्यापारमा लाभ मिल्नेछ । मन फुरुङ्ग हुनेछ र सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ । टाढा रहेका आफन्त वा सन्तानबाट सन्देश वा शुभ समाचार पाइनेछ । अध्ययनमा लगाव बढ्नेछ र विषय वस्तु प्रति गम्भीर बनेमा सोचेजस्तै नतिजा प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज केही समय विश्राम लिनु र मन हल्का पार्नु उचित हुन्छ । आयस्रोत र पदप्रतिष्ठामा वृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनुहोस् । घरायसी कामको दबाबले व्यवसायिक तालिकामा असर पर्न सक्छ । भेटघाट र कुराकानी गर्दा गोपनीयता अपनाउनुहोस्, चियोचर्चो गर्नेहरूले मानसिक तनाव बढाउन सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उच्च व्यक्तित्व वा प्रभावशाली व्यक्तिसँग भेटघाट हुने योग छ, जसको सुझावले अड्किएको काम बन्न सक्छ । सहकर्मी र साझेदारको सल्लाह उपयोगी रहनेछ । सामाजिक गतिविधिमा सहभागिता बढ्नेछ । दाम्पत्य जीवनमा नयाँ ऊर्जाको संचार हुनेछ र पुराना साथीहरूसँग भेटघाटले हर्ष बढाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौतीपूर्ण परिस्थिति भएपनि सफलता तपाईंको पक्षमा रहन्छ । परीक्षा वा प्रतिस्पर्धामा राम्रो प्रदर्शन हुनेछ । मान सम्मान र प्रतिष्ठा बढ्नेछ, तर भौतिक चिन्ताले मन विचलित हुन सक्छ । लक्ष्य प्राप्ति सम्भव छ, आयका नयाँ स्रोत फेला पर्नेछन् । कमाएको धन सञ्चित गर्न सकिने अनुकूल समय हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत र लगनशीलता नै तपाईंको सफलता हो, यसलाई निरन्तरता दिनुहोस् । करियर र महत्वाकाङ्क्षी योजनामा जोड दिन उपयुक्त समय छ । कठिन परिस्थिति भए पनि कार्य कुशलताका साथ चुनौतीको सामना गर्न सकिनेछ । पारिवारिक समझदारी र प्रेममा मधुरता बढ्नेछ, जीवनशैलीमा सकारात्मक परिवर्तन सम्भव छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगानी गर्दा जोखिम र संकटको मूल्यांकन गर्नुहोस् । यातायात, ढुवानी वा मार्केटिङसँग सम्बन्धित व्यवसायमा लाभको सम्भावना छ । सानो गल्तीले ठूलो नोक्सानी हुन सक्ने भएकाले सतर्क रहनुहोस् । अनावश्यक खर्च बढ्ने छ । मन अस्थिर भएपनि पढाइ र योजनामा पुन: एकाग्रता ल्याउनुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएको काम बन्नेछ र जिम्मेवारीमा वृद्धि हुनेछ । नयाँ आम्दानीका स्रोतको पहिचान गर्न सकिने समय हो । व्यक्तिगत आनन्द र प्रेमजीवनमा सुमधुरता ल्याउन समय निकाल्नुहोस् । लगानीबाट लाभांश प्राप्त हुनेछ, तर खर्च बढ्ने संकेत भएकाले बजेट सन्तुलनमा राख्नुहोस् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनोरञ्जनभन्दा पनि कार्य क्षेत्रमा व्यस्त रहने दिन हो । अत्यधिक परिश्रमपछि पनि तत्काल प्रतिफल नपाउँदा मन खिन्न हुन सक्छ । लेखन, प्रकाशन, परामर्श, वकालत, शेयर बजार वा कम्प्युटर सम्बन्धी कार्यबाट लाभ मिल्ने सम्भावना छ । लवमेटसँग समय व्यवस्थापनमा सन्तुलन राख्नुहोस् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक वा सामाजिक कार्यमा सक्रिय हुनुपर्ने समय हो । घरायसी दायित्व बढे पनि सबैको प्रशंसा पाउँदा सन्तुष्टि मिल्नेछ । लक्ष्य स्पष्ट हुनेछ तर प्राप्तिका लागि थप मिहिनेत आवश्यक छ । कठिन परिस्थिति सहज बनाउने क्षमता बढ्नेछ । कार्यशैलीमा सुधार गरी अघि बढेमा भाग्यबल र प्रतिष्ठा दुवै बढ्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अस्वस्थता बीच पनि काममा जुट्नुपर्ने परिस्थिति रहला । स्वास्थ्य र आराममा ध्यान दिनुहोस् । हरेक कार्यमा सफलता मिल्नेछ तर मन अशान्त बन्न सक्छ । अनुशासन र संयम नै आजको सफलता हो । खानपानमा सचेत रहनुहोस् र जीवनसाथीको भावना बुझ्ने प्रयास गर्नुहोस् । व्यवहारिक बन्दै सम्बन्ध सुदृढ पार्नुहोस् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घुमघाम वा एकान्तमा समय बिताउने सुन्दर दिन हो । प्रेम प्रस्ताव वा नयाँ सम्बन्धका संकेत छन् । अन्तरङ्ग मित्र वा आफन्तसँग पुन: सम्पर्क हुनेछ । सृजनात्मक सोच र कल्पना शक्ति बढ्नेछ । भौतिक सुविधा र उपकरण खरिदका लागि उपयुक्त समय हो । लगानी गर्न चाहनुहुन्छ भने जीवन साथीको नाममा गर्नु लाभदायी हुनेछ ।

तपाईको प्रतिक्रिया