आर पोखरेल , काठमाडौं, कात्र्तिक १ — नेपाली सांगीतिक आकाशमा एक नयाँ प्रेमिल गीत “उखुम भयो नी ” सार्वजनिक भएको छ। आशिष अविरल र अस्मिता अधिकारीको स्वरमा सजिएको उक्त गीतमा शब्द रहेको छ सुन्दर हमालको, भने संगीत संयोजन पूर्ण सम्योगले गरेका हुन ।

गीतको संगीतकार राजन कार्की रहेका छन् । गीतको रेकर्डिङको काम अमेरिका स्थित राग र आरएल स्टुडियो, बाल्टिमोर तथा नेपालस्थित मुर्चुङ्गा डिजिटल स्टुडियोमा सम्पन्न भएको हो। भिडियोतर्फ, गीतको निर्देशन र कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्। भिडियोमा क्षेत्री स्वयंले आँचल शर्मासँग स्क्रिन सेयर गरेका छन्। भिडियोको छायांकन करण चैसिरले गरेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका छन ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया